आइपिएल क्रिकेटको रोमान्चक फाइनलः मुम्बइसँग बराबरी गर्दै चेन्नइ पाँचौँ पटक च्याम्पियन – Janadesh Daily | ePaper

आइपिएल क्रिकेटको रोमान्चक फाइनलः मुम्बइसँग बराबरी गर्दै चेन्नइ पाँचौँ पटक च्याम्पियन


जनादेश क्रिकेट वाच।

चेन्नइ सुपर किंग्स पाँचौँ पटक इण्डियन प्रिमियर लिग (आईपीएल)को च्याम्पियन बनेको छ। गएराति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा गुजरात टाइटन्समाथि ५ विकेटको जित निकाल्दै चेन्नइले उपाधि जितेको हो।

वर्षाले पटकपटक वाधा गरेको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो। गुजरातका लागि साइ सुदर्शनले सर्वाधिक ९६ रन ४७ बलमा बनाउँदा ओपनर ऋद्धिमान साहले ३९ बलमा ५४ रन तथा शुभमन गिलले २० बलमा ३९ रन बनाए। त्यस्तै १२ बलमा २१ रन बनाएर कप्तान हार्दिक पाण्ड्या अविजित रहे। बलिङतर्फ मथीसा पथिरानाले २ तथा दीपक चहरले १ विकेट लिए।

 जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले१६ औँ ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाउँदा डीएल मेथडबाट ५ विकेटको जित निकाल्यो। चेन्नइका लागि ओपनर ऋतुराज गाइक्वडले २६ रन बनाउँदा डेभोन कोन्वेले ४७ रन बनाए।

त्यस्तै शिवम दुबेले अविजित ३२ रन बनाउँदा अजिन्क्य रहाणेले २७, अम्बाती रायडूले १९ रन बनाए। ६ बलमा १५ रन बनाएर रवीन्द्र जडेजा अविजित रहे। बलिङतर्फ गुजरातका मोहित शर्माले ३ तथा नूर अहमेदले २ विकेट लिए।

आइतवार तय गरिएको फाइनल खेल वर्षाका कारण रिजर्भ डेमा धकेलिएको थियो। चेन्नइले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो। आईपीएलको उपाधि मुम्बई इण्डिन्स र चेन्नइ दुबैले सर्वाधिक समान ५ पटक जितेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्