गणतन्त्र दिवस सांस्कृतिक साँझः नृत्य,कविता, नाटक र गीतमा झुमेका प्रचण्डसहितका नेताहरू (फिचर) – Janadesh Daily | ePaper

गणतन्त्र दिवस सांस्कृतिक साँझः नृत्य,कविता, नाटक र गीतमा झुमेका प्रचण्डसहितका नेताहरू (फिचर)


जनादेश वाच।

गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा मंगलबार ‘गणतन्त्र दिवस सांस्कृतिक साँझ’को आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित सांस्कृतिक साँझमा नृत्य, कविता नाटक र गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुखहरु, उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा पर्यटनमन्त्री सुदन किरातीले गणतन्त्र प्राप्तिको निम्ति ज्यानको आहूति दिने सहिदलाई स्मरण गर्दै गणतन्त्रलाई सबै हिसाबले संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले गणतन्त्रलाई असफल बनाउन खोज्नेप्रति सचेत हुनुपर्ने उनको भनाइ थियो । उनले भ्रष्टाचार मुक्त गर्दै समृद्ध नेपाल निर्माण गर्ने वर्तमान सरकारको लक्ष्य रहेको पनि बताए ।

तस्वीरमा हेर्नुहोस् गणतन्त्र दिवस सांस्कृतिक साँझ-

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्