सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ – Janadesh Daily | ePaper

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


मङ्गलबारे,


जिल्ला अदालत इलामबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक व्यक्तिलाई झापाबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मेची नगरपालिका झापाका ५४ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई सवारी ज्यान मुद्दाका फरार प्रतिवादी मगरलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरी नायब निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालत इलामबाट विसं २०७० फागुन ८ गते एक वर्ष एक महिना १५ दिन कैद तोकिएको थियो । पक्राउ परेका मगरलाई जिल्ला अदालतमार्फत कारागार पठाइने बताइएको छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय इलामले अदालतबाट कैद भुक्तानी तोकिए पनि फरार रहेकाहरुलाई नियन्त्रणमा लिइरहेको छ । यसअघि २१ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्