चिनियाँ राष्ट्रपति सीको निर्देशनः ‘सबैभन्दा खराब परिस्थिति’का लागि तयार रहनू – Janadesh Daily | ePaper

चिनियाँ राष्ट्रपति सीको निर्देशनः ‘सबैभन्दा खराब परिस्थिति’का लागि तयार रहनू


जनादेश अन्तर्राष्ट्रिय वाच।

चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुकका राष्ट्रिय सुरक्षा अधिकारीहरुलाई सबैभन्दा खराब परिस्थितिको सामनाका लागि तयार रहन निर्देशन दिएका छन्।

‘हामीले अहिले सामना गरिरहेको राष्ट्रिय सुरक्षा मामिलाको जटिलता र कठिनाइ निकै बढेको छ,’ मंगलबार कम्युनिस्ट पार्टीको राष्ट्रिय सुरक्षा आयोगको बैठकमा सीले भने।

‘हामीले सबैभन्दा आधारभूत कुरा र सबैभन्दा खराब परिस्थितिलाई सोचेर अघि बढ्नुपर्छ। हामी तेज हावा, कठोर लहर अनि खतरनाक तुफानी समुद्रको परीक्षण सामना गर्न तयार हुनुपर्छ,’ उनले थपे।
अमेरिकासँग टक्कर बढिरहेका बेला सीले आफ्ना सुरक्षा अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन्। चीनले राष्ट्रिय सुरक्षा प्रणाली र क्षमताको आधुनिकीकरणलाई तीव्रता दिनुपर्ने पनि उनको थियो।
सत्तामा आएदेखि नै सीले राष्ट्रिय सुरक्षालाई ठूलो महत्व दिएको विज्ञहरु बताउँछन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्