नेप्से १६ अंकले बढ्यो, एक अर्ब ६५ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से १६ अंकले बढ्यो, एक अर्ब ६५ करोडको कारोबार


बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १६.५४ अंकले बढेर एक हजार ८६६.३४ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक १८, फाइनान्स ११, होटल तथा पर्यटन ५४, जलविद्युत् ३१, जीवन बीमा ८५, उत्पादन ५५, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा १६९, अन्य ३९ र ब्यापार उपसमूह ९ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरको सेयर झण्डै ७ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सनाराइज फोकस्ड इक्वीटि फन्डको सेयर ६ प्रतिशतले घटेको छ ।

यस दिन २७२ कम्पनीका ६१ लाख २८ हजार कित्ता सेयर एक अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्