मेस्सीले पिएसजी छोड्ने पक्का, प्रशिक्षकले गरे पुष्टि – Janadesh Daily | ePaper

मेस्सीले पिएसजी छोड्ने पक्का, प्रशिक्षकले गरे पुष्टि


जनादेश स्पोर्ट्स वाच।

अर्जेन्टाइन सुपर स्टार लियोनेल मेस्सीले यो सिजन समाप्तिसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने पक्का भएको छ। यो सिजन लिग वानको उपाधि उचालिसकेको पीएसजीका प्रशिक्षक क्रिस्टोफे गाल्टियरले मेस्सीले क्लबका लागि अन्तिम खेल खेल्न लागेको बिहीबार बताएका छन्।

विश्वविजेता मेस्सीले यही शनिबार लिग वनअन्तर्गत क्लेरमोन्ट फुटविरुद्ध पीएसजीका लागि अन्तिम खेल खेल्ने प्रशिक्षक प्रशिक्षक ग्लाटियरले बताएका हुन्।

‘मलाई फुटबल इतिहासका सर्वश्रेष्ठ खेलाडीलाई प्रशिक्षण दिने सौभाग्य मिल्यो’, उनले भनेका छन्, ‘मलाई लाग्छ यही शनिबार क्लेरमोन्ट फुटविरुद्धको खेल नै पीएसजीबाट मेस्सीका अन्तिम हुनेछ।’

अर्जेन्टिनी कप्तान मेस्सी स्पेनिस क्लब बार्सिलोना छाडेर २०७८ साउनमा फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भएका थिए।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्