सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख १३ हजार ३ सय – Janadesh Daily | ePaper

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख १३ हजार ३ सय


सुनको मूल्यले फेरि नयाँ रकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सयले बढेर १ लाख १३ हजार ३ सय पुगेको छ ।

बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य १ लाख १२ हजार ७ सय ५० रुपैयाँ कायम गरिएको छ । महासंघका अनुसार आज चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको आज १ हजार ४ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्