मोदीसँगका ३ भेटबारे पत्रकारलाई प्रचण्डको ब्रिफिङः बिग्रन लागेको कुरा मिल्यो – Janadesh Daily | ePaper

मोदीसँगका ३ भेटबारे पत्रकारलाई प्रचण्डको ब्रिफिङः बिग्रन लागेको कुरा मिल्यो


भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटकछुट्टाछुट्टै भेटेपछि परिस्थिति सहज बनेको बताएका छन् । भेटपछि धेरै कुरा राम्रो र ठूलो कुराको सुरुवात भएको उनले बताए ।

नयाँदिल्लीमा आज केही सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’

उनले सीमा समस्या समाधानबारे मोदीले पहिलो पटक बोल्नु नै महत्त्वपूर्ण भएको बताए । ‘सीमा समस्याबारे मोदीले पहिलोपटक आफ्नो मुखबाट बोल्नु भनेको महत्त्वपूर्ण कुरा हो । मैले यसमा सुरुमै जोड दिएर राखेको थिएँ,’ उनले भने ।

भारतको चारदिने भ्रमणका नयाँदिल्ली आएको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्