अमेरिकी राष्ट्रपति बाइडेन कार्यक्रमस्थलमै लडे – Janadesh Daily | ePaper

अमेरिकी राष्ट्रपति बाइडेन कार्यक्रमस्थलमै लडे


अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एक कार्यक्रमस्थलमै लडेका छन् । एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा सहभागी भएका बाइडेनले मन्तव्य दिएर आफ्नो सिटतर्फ फर्किने क्रममा लडेका बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार उनी बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका थिए । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विट गर्दै राष्ट्रपति बाइडेज ठिक रहेको रहेको र कुनै चोट नलागेको स्पष्ट पारेका छन् ।

बाइडेन यसअघि पनि पटक–पटक सार्वजसनिक कार्यक्रममा लडेका थिए । गत फेब्रुअरी २३ मा पोल्यान्डबाट अमेरिका फर्कने क्रममा एयरफोर्स वनको भर्‍याङ उक्लिइरहेको बेला लडेका थिए । २०२२ नोभेम्बर १६ मा जी–२० शिखर सम्मेलनमा भाग लिन बाली गएका बेला पनि जंगलमा हिंड्नेक्रममा लडेका थिए ।

०२२ कै जुनमा लस एन्जलसमा एक टेलिभिजन अन्तर्वार्ताकहा लागि जाने क्रममा विमानको भर्‍याङमा ठोक्किएर लडेका थिए ।

८० वर्षीय बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्