नेप्से ५३ अंकले बढ्यो, एक अर्ब ६५ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से ५३ अंकले बढ्यो, एक अर्ब ६५ करोडको कारोबार


आइतबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ५३.०३ अंकले बढेर एक हजार ९१९.३७ विन्दुमा पुगेको छ ।

बैंकिङ १७, विकास बैंक ११७, फाइनान्स ५२, होटल तथा पर्यटन २७४, जलविद्युत ९१, जीवन बीमा ३४२, उत्पादन १५७, माइक्रोफाइनान्स ८८, निर्जीवन बीमा ४०७, अन्य ४२ र ब्यापार उपसमूह ८२ अंक बढेको छ ।

आज सबैभन्दा धेरै आइजीआई प्रुडन्सियल इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सामुदायिक लघुवित्तको ९.८, सोल्टी होटलको ९.६, तारागाउा रिजेन्सीको ९.६, माहुली लघुवित्तको ९.१ र ओरियन्टल होटलको सेयर ८.४ प्रतिशतले बढेको छ ।

यस दिन २७० कम्पनीका ४५ लाख ५७ हजार कित्ता सेयर एक अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्