हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला – Janadesh Daily | ePaper

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला


हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता सेयर निष्कासन गरेको छ। जस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।

हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसेको छ। बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त हकप्रद सेयरमा असार १० गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्