यमनी शान्ति प्रक्रियाबारे छलफल – Janadesh Daily | ePaper

यमनी शान्ति प्रक्रियाबारे छलफल


यमनमा जारी युद्धविरामलाई स्थायी शान्ति प्रक्रियामा बदल्न यमनी पूतिनिधि । संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधिबीच साउदी अरबको रियादमा भेटवार्ता भएको छ ।

यमनको प्रेसिडेन्सियल लिडरसिप काउन्सिल (पीएलसी०)का अध्यक्ष रशाद अल अलिमीले संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्डबर्गसँग आइतबार साउदी अरबको राजधानी रियादमा भेटवार्ता गर्नुभएको छ ।

भेटका क्रममा ग्रुन्डबर्गले अल–अलिमीलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा हालै भएका बैठकका नतिजाका बारेमा जानकारी गराउनुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले यमनका जनताको आकाङ्क्षा पूरा गर्ने व्यापक राजनीतिक प्रक्रिया सुरु गर्न यमनलाई अहिले दिइएको अवसरबारे जोड दिनुभयो ।

ग्रुन्डबर्गले राज्यका संस्थाहरूको पुन: स्थापना , सुरक्षा र स्थिरता सुनिश्चित गर्ने र दिगो शान्ति स्थापना राजनीतिक प्रक्रियाका प्राथमिकताहरूमा रहेको उल्लेख गर्नुभयो ।

आफ्नो तर्फबाट, अल–अलिमीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को सम्बन्धित प्रस्तावहरू अनुसार ग्रुन्डबर्गको प्रयासलाई समर्थन गर्न पीएलसीको प्रतिबद्धतालाई पुष्टि गर्नुभयो । उहाँले शान्तिको मार्गलाई पुन: जीवित गर्न र यमनका जनताको पीडा कम गर्न अन्तर्राष्ट्रिय प्रयासलाई एकीकृत गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

हुथी विद्रोहीलाई तत्काल सबै प्रकारका शत्रुता अन्त्य गर्न र व्यापक राजनीतिक समाधानमा पुग्न गम्भीर र समावेशी वार्तामा संलग्न हुन आह्वान गर्दै बैठक सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१४ मा हुथी लडाकूसमूहले उत्तरी सहरहरू आफ्नो नियन्त्रणमा लिएर यमन सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन वर्षौंलामो सैन्य द्वन्द्वमा फसेको छ । द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत भएका छन् र यसले अरब विश्वको सबैभन्दा गरिब देशलाई व्यापक अनिकाललगायत मानवीय सङ्कटमा धकेलेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्