राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो – Janadesh Daily | ePaper

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो


राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ ।
आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्