मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २५.६६ अंकले बढर एक हजार ९२७.६५ विन्दुमा पुगेको छ ।
बैंकिङ १, विकास बैंक २७, फाइनान्स १८, होटल तथा पर्यटन २२, जलविद्युत ७५, जीवन बीमा १५६, उत्पादन ४८, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ४३१, अन्य ३ र ब्यापार उपसमूह २९ अंकले बढेको छ ।
आज न्यादी हाइडरा्पावरको सेयर ९.८५ प्रतिशत र सनराइज फोकस्ड इक्वीटी फन्डको सेयर ९.२४ प्रतिशतले बढेको छ ।
यस दिन २६९ कम्पनीका ५५ लाख ४१ हजार कित्ता सेयर एक अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएको छ ।