विनोद चौधरीको उखानप्रति एमालेको आपत्ति, सांसदले गरे नियमापत्ति – Janadesh Daily | ePaper

विनोद चौधरीको उखानप्रति एमालेको आपत्ति, सांसदले गरे नियमापत्ति


सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद विनोद चौधरी बोलिरहँदा नेकपा (एमाले)का सांसदले नियमापत्ति गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले ‘जब पर्यो राति, अनि बुढी ताती’ भन्ने उखान बोलेका थिए । त्यसपश्चात् एमाले महिला सांसदहरूले नेपाली उखान लिएर नेपाली महिलामाथि आक्रमण भन्दै जब पर्यो राति अनि बुढी ताती भन्ने शब्दावली रेकर्डबाट हटाउन माग गरे ।

उक्त वाक्य लैङ्गिकमैत्री नभएको भन्दै सभामुख देवराज घिमिरेले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्