प्रधानमन्त्री दाहालद्वारा समवेदना व्यक्त – Janadesh Daily | ePaper

प्रधानमन्त्री दाहालद्वारा समवेदना व्यक्त


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको हो ।
उहाँले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिलसमेत गर्नुभएको छ । भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै निधन भएको थियो । उहाँ सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील हुनुहुन्थ्यो ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्