घोराही सिमेन्टको प्राथमिक सेयर (आइपीओ) निष्कासन रोक्का भएको छ । सोमबार धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपीओ रोक्का गर्न निर्देशन दिएसँगै तत्काललाई आइपीओ निष्कासन रोक्का भएको हो ।
बोर्डले केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरेरनगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन गत जेठ ३० गते पत्राचार गरेको थियो। तर, रेटिङ कम्पनीले जवाफ नपठाएसँगै बोर्डले सो एक्सन लिएको हो ।
यसका साथै, कम्पनीको सेयरमा १४ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि ८४ लाखभन्दा बढी कित्ता सेयरको लागि आवेदन गरिएको पाइएको छ।
कम्पनीकै तर्फबाट समेत यस्तो भएको हुनसक्ने भन्दै तत्काललाई सेयर जारी प्रक्रिया रोक्न बोर्डले निर्देशन दिएको हो ।