कोरोना संक्रमितको उपचारमा संलग्न अस्पताललाई अनुदान, दुई दिनभित्र विवरण बुझाउन आग्रह – Janadesh Daily | ePaper

कोरोना संक्रमितको उपचारमा संलग्न अस्पताललाई अनुदान, दुई दिनभित्र विवरण बुझाउन आग्रह


जनादेश, काठमाडौँ ।

कोरोना संक्रमित तथा शंकास्पद व्यक्तिको उपचारमा संलग्न अस्पताललाई स्वास्थ्य मन्त्रालयले अनुदान रकम उपलब्ध गराउने भएको छ ।

यसका लागि मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पताललाई दुई दिनभित्र विवरण बुझाउन आग्रह गरेको छ । मन्त्रालयका अनुसार उपचारमा संलग्न अस्पताललाई प्रतिव्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउने तयारी भइरहेको छ ।

यस्तै, विवरण नबुझाउने अस्पतालको हकमा कुनै कठिनाइ हुन गए अस्पताल आफै जवाफदेही बन्नु पर्ने मन्त्रालले बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्