अप्पर स्याङ्गे हाइड्रोपावरले सर्वसाधारणका लागि आजदेखि आइपीओ बिक्री खुला गरेको छ।
कम्पनीले सर्बसाधारणको लागि जारी गर्ने भनेर छुटाईएको ६ करोड ५० लाख रुपैयाँबराबरको आइपीओमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।
अव बाँकी रहेको आइपीओमध्ये ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
यस आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने छ। यस आइपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउने छन्।
लगानीकर्ताले यस आइपीओमा असार १३ गतेसम्म अव्दन दिन पाउने छन्। तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म अव्दन दिन पाउने छन्।