१२ बालबालिकासहित १९ को शव प्राप्त, खोजी जारी – Janadesh Daily | ePaper

१२ बालबालिकासहित १९ को शव प्राप्त, खोजी जारी


काठमाडौँ,

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ मा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीयको सहयोगमा हालसम्म चार महिला, तीन पुरुष, पाँच बालिका र सात बालकको शव फेला पारेको छ ।

सेनाका ४७ जनाले उक्त पहिरामा परी हराइरहेका २० व्यक्तिको खोजी कार्य अझै जारी राखेको जानकारी दिइएको छ । पीडित परिवारलाई तत्काल राहतका लागि सेनाले हेलिकप्टरबाट खाद्यान्न, लत्ता कपडा, पाललगायत अत्यावश्यक राहत सामग्री उक्त स्थानमा पु¥याइएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्