पाँच स्थानीय तहमा निषेधाज्ञा – Janadesh Daily | ePaper

पाँच स्थानीय तहमा निषेधाज्ञा


चितवन,

जिल्ला प्रशासन कार्यालयले थप पाँच स्थानीय तहमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकासँगै इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम निषेधाज्ञा जारी गरिएका स्थानीय तहको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकामा अहिले निषेधाज्ञा जारी रहेकाले यसलाई यथावत राख्दै माडी नगरपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो ।

आदेशको अवज्ञा गरिएमा प्रचलित कानून बमोजिम कारवाही गरिने उहाँले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलिँदै गएकाले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नुपरेको उहाँको भनाइ छ ।

हालसम्म जिल्लामा १९९ जनामा सङ्क्रमण देखिएकामा एक जनाको मृत्यु भएको छ । ११३ जनामा सङ्क्रमण निको भएको छ भने ८५ जना उपचाररत छन् । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि शुक्रबार रातिबाट महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिएको छ । घरायसी सामग्री खरिदका लागि बिहान र बेलुका ५ः०० बजेदेखि ८ः०० बजेसम्म पसल खोल्न दिइने भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्