पेट्रोलियम पदार्थमा आजदेखि स्वचालित मूल्य, भारतबाट आएकै भाउमा किनबेच – Janadesh Daily | ePaper

पेट्रोलियम पदार्थमा आजदेखि स्वचालित मूल्य, भारतबाट आएकै भाउमा किनबेच


पेट्रोलियम पदार्थमा आज आइतबारदेखि स्वचालित मूल्य लागू हुँदैछ ।

नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी गरेको हो । अब भारतबाट घटबढ भएर आउनेवित्तिकै नेपालमा पनि मूल्य तलमाथि हुनेछ ।

‘अब भारतबाट मूल्य घटेर आए मूल्य स्वतस् घट्छ भने बढेर आएमा बढ्नेछ,’ एक कर्मचारीले भने। निगमले अहिले हरेक १५ दिनमा एक अर्ब १० करोड रुपैया नाफा कमाउँदै आएको छ । स्वचालित मूल्य प्रणालीमा पनि निगमले ३ प्रतिशतसम्म नाफा राख्न पाउनेछ। स्वचालित मूल्य प्रणाली लागू हुँदा पनि उपभोक्ताले भने सस्तो मूल्यमा पेट्रोलियम पदार्थ पाउनेछैनन् ।

भारतबाट आएको मूल्यमा निगमले ढुवानी, प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम र ३ प्रतिशतसम्म नाफा जोड्नेछ । पेट्रोलियम पदार्थको स्वचालित मूल्यको लागि यसअघि २०७९ सालमै कार्यविधि बनिसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्