बार्सिलोना प्रशिक्षक सेटिन बर्खास्त – Janadesh Daily | ePaper

बार्सिलोना प्रशिक्षक सेटिन बर्खास्त


एजेन्सी ।

क्याटलान टोली बार्सिलोनाले यसै साता प्रशिक्षक किके सेटिनलाई पदबाट बर्खास्त गर्ने पक्का भएको छ । क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सेटिन बर्खास्त हुने जानकारी दिएका हुन् ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोरेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो । झन्डै एक दशकपछि बार्सिलोना उपाधिविहिन बनेपछि सेटिनको भविष्य खतरामा देखिएको थियो । क्लबसँग बैठकपछि सेटिन बर्खास्तमा परेको स्पेनिस संचारमाध्याम कोपले जनाएको छ ।

क्लबका अध्यक्ष बार्टोमेउले फुटबल निर्देशक एरिक एबीडाल र निर्देशक रामोन प्लानेससँग बैठक बसेपछि पत्रकारलाई समेत सेटिन प्रशिक्षक नरहने जानकारी दिएका हुन् । बार्सिलोनाले सोमबार दिउँसो औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिनेछ । क्लबले नयाँ प्रशिक्षकका रुपमा रोनाल्ड कोम्यानलाई प्रस्तुत गर्ने संभवाना समेत रहेको छ ।

यसै जनवरीमा बार्सिलोनाले एर्नेस्टो भालभेर्डेलाई बर्खास्त गरेपछि सेटिनले प्रशिक्षकको जिम्मेवारी पाएका थिए । तर लिगको अग्रतामा लामो समय रहेपनि अन्तिममा उपाधि रियल म्याड्रिडलाई सुम्पनु पर्दा सेटिन दबाबमा रहेका थिए । च्याम्पियन्स लिगमा लज्जास्पद हार बेहोरेसँगै सेटिनको पद गुम्ने सम्भावना देखिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्