सोमबार सेयर बजार ४७ अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ४७.०७ अंकले बढेर दुई हजार १४४.१६ विन्दुमा पुगेको छ ।
बैंकिङ ३५, विकास बैंक १६१, उत्पादन ७८, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २६२, अन्य २०, फाइनान्स ६९, जलविद्युत् १७, जीवन बीमा २८२, व्यापार ३८ र होटल तथा पर्यटन उपसमूह १५४ अंकले बढेको छ ।
आज बीपीडब्ल्यू लघुवित्त र यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि कुमारी धनवृद्धि योजनाको सेयर झण्डै साढे आठ प्रतिशतले घटेको छ ।
यसदिन २५७ कम्पनीका ७६ लाख ३४ हजार कित्ता सेयर दुई अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएको छ ।