पर्ती जग्गा मिची बनाइएका भद्रकुमारी सेवा सदनका संरचना भत्काइए – Janadesh Daily | ePaper

पर्ती जग्गा मिची बनाइएका भद्रकुमारी सेवा सदनका संरचना भत्काइए


काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर देवीनगरमा रहेको पाँच रोपनीभन्दा धेरै पर्ती जग्गा कब्जा गरेर निर्माण गरिएको भद्रकुमारी घले सेवा सदनका संरचना भत्काइएको छ ।

महानगरपालिका–१० कार्यालयले नापी शाखाबाट नापी बोलाएर जग्गा नापजाँच गर्दा सदनले रुद्रमती किनारको पाँच रोपनी भन्दा बढी पर्ती जग्गा कब्जा गरेर संरचना बनाइ भाडामा लगाएको भेटिएको वडाध्यक्ष रामकुमार केसीले राससलाई जानकारी दिनुभयो ।

वडा कार्यालयले नाप जाँच गरी पर्ती जग्गामा संरचना बनाएर भाडामासमेत लगाएको विवरण महानगरमा पठाएको थियो । वडा कार्यालयको प्रतिवेदनका आधारमा महानगरपालिकाले आज सदनका संरचना भत्काएको हो । खाली भएको जग्गामा आकर्षक उद्यान निर्माण गरिने वडा कार्यालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्