अमेरिकाको सिन्सिनाटीमा गोलीबाट चार जनाको मृत्यु, १८ घाइते – Janadesh Daily | ePaper

अमेरिकाको सिन्सिनाटीमा गोलीबाट चार जनाको मृत्यु, १८ घाइते


सिन्सिनाटी ।

 अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार आइतबार राति १२।३० बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो । शहरका अन्य भागमा गोली लागेका अरु तीन जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्थानीय संचारमाध्यहरुले आपराधिक गिरोहबाट भएका यी घटनाहरु शहरका अलग अलग ठाउँमा भए पनि निकै डरलाग्दो देखिएको बताएका छन् ।

सहायक प्रहरी प्रमुख पल नुडिगेटले उक्त घटनाहरुका बारेमा अनुसन्धान भइरहेको बताउनुभएको छ । सिन्सिनाटीका प्रहरी प्रमुखले हिंसा नियन्त्रणका लागि पर्याप्त सहयोग गर्न स्थानीयवासीसँग आग्रह गर्नुभयो । हिंसा नियन्त्रणमा हामी केही गर्न सक्दैनौं भनेर आमनागरिक चुप लागेर बस्न नहुने उहाँको भनाई थियो ।

प्रहरीले प्रभावित इलाकाहरुमा जनधनको सुरक्षाका लागि थप प्रहरी परिचालन गर्ने जनाएको छ । गैरकानुनी हातहतियार र शंकास्पद व्यक्तिका बारेमा निगरानी बढाउन प्रहरीले संघीय निकायहरुसँग आग्रह गरेको छ ।

सिन्सिनाटी नगरका मेयर जोन क्रान्लीले बन्दुकको भरमा हुने यस्ता हिंसाले निर्दोष आम मानिसको जीवन खतरामा पार्ने भएकाले नागरिक र प्रहरी दुबैले मिलेर हिंसाहरु नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्