जनादेश, काठमाडौँ ।
बलिउड अभिनेत्री करिना कपुर दोस्रोपटक आमा बन्ने भएकी छन् ।
३९ वर्षकी करिना र उनका श्रीमान सेफ अली खानले सामाजिक सञ्जालमार्फत यो कुराको खुलासा गरेका छन् । करिनाले पहिलो सन्तानका रूपमा सन् २०१६ मा छोरा तैमुर अलि खानलाई जन्म दिएकी थिइन् । हाल तैमुर ३ वर्षका भए। करिना आमा बन्न लागेको खबर बाहिरिएसँगै उनलाई आफन्त तथा फ्यानको बधाईको ओइरो लागेको छ ।
सेफ भने चौथोपटक बाबु बन्न लागेका हुन् । करिना सेफको दोस्री श्रीमती हुन् । सेफको पहिलो पत्नी अभिनेत्री अमृता सिंहको तर्फबाट एक छोरा र एक छोरी छन् ।