क्षेत्री सम्मानित – Janadesh Daily | ePaper

क्षेत्री सम्मानित


काठमाडौँ,   

नेपाल कराँते महासङ्घमा लामो समय कार्यालय सचिवका रूपमा कार्यरत पूर्वखेलाडी राजेन्द्र क्षेत्री सोमबार सम्मानित हुनुभएको छ । नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) का प्रशिक्षकहरु मिलेर क्षेत्रीलाई रु २५ हजारसहित सम्मान गर्नुभएको हो ।

सोही अवसरमा १३औँ सागका दोहोरो स्वर्ण विजेता कराँतेका मन्डेकाजी श्रेष्ठले पनि व्यक्तिगतरूपमा क्षेत्रीलाई रु पाँच हजार प्रदान गर्नुभयो । क्षेत्री मुटु र आँखाको समस्यामा रहेको कराँतेका प्रमुख प्रशिक्षक मदन उप्रेतीले बताउनुभयो ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवालको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा क्षेत्रीलाई नगद र मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

नेपाल कराँते महासङ्घद्वारा आयोजित कार्यक्रममा महासङ्घका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले उपाध्यक्ष कोइराला र सदस्यसचिव सिलवाललाई मायाको चिनो हस्तान्तरण गर्नुभयो ।

त्यसै अवसरमा १३औँ सागमा निर्णायकको भूमिका निर्वाह गर्नुभएका नेपाली रेफ्री राम लामा, राजेन्द्र कपाली, महेश रञ्जित, छत्र आले, ध्रुवविक्रम मल्ल र बिआर मित्रलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्