नेपाली गीतमै राष्ट्रिय झण्डा जलाइयो, कार्वाहीको माग – Janadesh Daily | ePaper

नेपाली गीतमै राष्ट्रिय झण्डा जलाइयो, कार्वाहीको माग


जनादेश, काठमाडौं ।

सोमबार एक युट्युव च्यानलमा सार्वजनिक भएको एक नेपाली गीत विवादित बनेको छ ।

सो गीतमा नेपालको झण्डा जलाइएको छ । गीतमा नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध आपत्तिजनक शब्दहरु समेत प्रयोग गरिएको छ । ‘देशद्रोही’ शीर्षकको यो गीत ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

युट्युवमा अपालेड गरिएसँगै यस गीतविरुद्ध मानिसहरु आक्रोसित भएका छन् । यस गीतका गाएक तथा सम्प्रर्ण टिमलाई कार्वाही गर्न माग गरिएको छ ।

यो गीतको विषयमा राप्रपा सांसद राजेन्द्र लिङदेनले समेत ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यस प्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’ भन्दै ट्वीट गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्