एकैदिन एक हजार १६ जना कोरोना संक्रमित थपिए – Janadesh Daily | ePaper

एकैदिन एक हजार १६ जना कोरोना संक्रमित थपिए


जनादेश, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा एक हजार १६ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको छ । आज थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको गौतमले जनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्