मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतवार मध्याह्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बजार नजिकैबाट प्रहरीले हत्यामा संलग्न भएको हुन सक्ने आशंकामा एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
घटनबारे अनुसन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोलीले मुगुमा अनुसन्धान गरिरहेको छ।
शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो।