गृहमन्त्री थापाद्वारा राहत वितरण – Janadesh Daily | ePaper

गृहमन्त्री थापाद्वारा राहत वितरण


मार्तडी,

बाजुरामा साउनको अन्तिम साता अर्थात् २५ गते रातिको अविरल वर्षाका कारण गएको बाढी र पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले बाढी र पहिराबाट प्रभावित गौमुल गाउँपालिका–सिमका ५० परिवार र बडीमालिका नगरपालिकाका–२ घागरका ७५ परिवारलाई राहत वितरण गर्नुभएको हो । बाढी र पहिराबाट विस्थापित भएका १०० बढी परिवारलाई खाद्यान्नसहित अन्य सामग्री वितरण गर्नुभएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गौमुल गाउँपालिका–२ सिमका ५० परिवारलाई बाल्टिन, अन्य भाडाकुँडा, खाद्यान्नलगायत सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो पीडितलाई वितरण गरिएको छ । मन्त्री थापासँग प्रतिनिधिसभाका बाजुरा सदस्य लालबहादुर थापा, पूर्वउद्योगमन्त्री तथा नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल र प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलगायतले बाढी पीडितलाई प्रत्यक्ष गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।

बाढी पहिराको अनुगमन

सङ्घीय सरकारका गृहमन्त्री थापाले बाजुरामा साउन २५ गते राति आएको अविरल वर्षाका कारण बाजुराका विभिन्न ठाउँमा बाढी र पहिराले पु¥याएको क्षतिमा अनुगमन गर्नुभएको छ । आज मन्त्री थापाले नेपाली सेनाको हेलिकप्टर गौमसल गाउँपालिका–२ सिम, बडीमालिका नगरपालिका–२ घागर र बुढीगङ्गा नगरपालिका २ र ३ को ताप्रीसेराको अवस्थाबारे जानकारी लिनुभएको हो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्