राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन – Janadesh Daily | ePaper

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन


जनादेश ,काठमाडौं ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेको आज निधन भएको छ ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेट जादा १०१ बर्षका घिमिरेको कपुरधारास्थित आफ्नै निजी निवासमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।

नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनका चर्चित लेखहरु हुन् ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्