ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ लाख ५९ हजारभन्दा बढीे – Janadesh Daily | ePaper

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ लाख ५९ हजारभन्दा बढीे


ब्रासिलिया,

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ लाख ५९ हजार ५७० पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

ब्राजिलमा विगत महिनाहरूको तुलनामा दैनिक कोभिड–१९ सङ्क्रमित तथा मृतकको सङ्ख्यामा कमी आएको भएपनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार २३ हजार रहेकोमा सोमबार १९ हजारम ाझरेको थियो । केही हप्ता अगाडिसम्म सङ्क्रमितको सङ्ख्या भने सोमबारको तुलनामा करिब तीन गुणाले बढी रहेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६२० थपिएको र अहिलेसम्म कूल एक लाख आठ हजार ५३६ पुगेको छ भने अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २४ लाख ७० हजार रहेको छ । ब्राजिलमा अझै नौ लाख मानिस सङ्क्रमित रहेका छन् ।

कोरोनाभाइरसका कारण विश्वभर दुई करोड १० लाख ५० हजारभन्दा माथि रहेको छ भने सात लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

विश्वमा अमेरिका पछि बढी सङ्क्रमित रहेको देश ब्राजिल हो भने क्रमशः भारत, रूस तथा दक्षिण अफ्रिका सङ्क्रमणका हिसाबले बढी प्रभावित मुलुक हुन् । यद्यपि मृत्यु सङ्ख्या भने रूस र दक्षिण अफ्रिकामा भन्दा भारतमा बढी रहेको छ ।

मृत्यु सङख्याका हिसाबले बेलायत, इटली, फ्रान्स र स्पेन बढी प्रभावित मानिन्छन् । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्