काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण


काठमाडौँ :

छिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना भाइरस ( कोभिड – १९) को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड -१९ ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनले काठमाडौँमा ४५ महिला र ८९ जना पुरुष गरी १३४ जना, ललितपुरमा ७ जना महिला र १० पुरुष गरी १७ जना र भक्तपुरमा २ महिला र ६ पुरुष गरी ८ जना संक्रमित थपिएको जानकारी दिए ।

पछिल्लो चौविस घण्टामा देशभर ६८१ जनामा कोरोना संक्रमण थपिएका छन् । प्रवक्ता डा गौतमलले आज १३१ जना आइसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको समेत जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्