पूर्वप्रधानमन्त्री खनालद्वारा स्वास्थ्य सामग्री प्रदान – Janadesh Daily | ePaper

पूर्वप्रधानमन्त्री खनालद्वारा स्वास्थ्य सामग्री प्रदान


जनादेश इलाम:

पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोरोना महामारीपछि दोस्रो पटक आफ्नो गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ ।

कोरोनाको सङ्कटबाट बच्न उहाँले बिरामीको उपचारमा खटिँदा लगाइने(पीपीइ) आठ सय थान र चस्मा एक हजार पाँच सय थान प्रदान गर्नुभएको हो ।

इलाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा निर्वाचित खनालले सोही क्षेत्रका लागि सामग्री प्रदान गर्नुभएको हो । यो समयमा जिल्ला जान सहज नभएको भन्दै उहाँले सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष भाइचुङ पेमा उगेनलाई सामग्री प्रदान गर्नुभएको हो । उगेनले सबै सामग्री जिल्ला ल्याएर हस्तान्तरण गरिने बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्