पत्रकार महासङ्घको कार्यकाल छ महिना थप – Janadesh Daily | ePaper

पत्रकार महासङ्घको कार्यकाल छ महिना थप


नेपाल पत्रकार महासङ्घको कार्यकाल छ महिना थप गरिएको छ ।

जुम वेविनारबाट आज सम्पन्न महासङ्घको राष्ट्रिय भेलाले केन्द्रीय समितिको तीन वर्षे कार्यकाल यही भाद्र ५ गते समाप्त हुन लागेको सन्दर्भमा कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएको भन्दै विधान बमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाको कार्यकाल छ महिना थप गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना सङ्क्रमणको त्रास र श्रमजीवी पत्रकारको आर्थिक अवस्थाबारे भेलामा प्राप्त रायका आधारमा महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद २०७७ भाद्र मसान्तसम्म थप गरी शाखाहरुले सो अवधिभित्रै सदस्यताको सिफारिस प्रदेश समितिसमक्ष पेश गरिसक्ने र प्रदेश समितिले असोज मसान्तसम्म केन्द्रीय समितिसमक्ष पेश गरी केन्द्रमा अभिलेख राख्नेसमेत निर्णय गरेको छ ।

बाग्मती प्रदेशको राजधानी हेटौँडामा तय भएको महासङ्घको राष्ट्रिय भेला कोरोना महामारीका कारण भौतिक रुपमा सम्भव नभएको सन्दर्भमा प्रविधि (जुम वेविनार) का माध्यमबाट भेलाले केन्द्रीय समितिका तर्फबाट अध्यक्ष गोविन्द आचार्यद्वारा प्रस्तावित विभिन्न प्रस्ताव छलफलपछि परिमार्जनसहित सर्वसम्मत रुपमा पारित गरिएको हो ।

भेलाले केन्द्र, प्रदेश र स्थानीय तहबाट सञ्चारसम्बन्धी नीति र कानुन तय गर्दा प्रेस स्वतन्त्रतामा अंकुश नलगाउन तथा पत्रकार महासङ्घसहित सरोकार पक्षसँग छलफल गरी सहमति कायम गर्न पनि आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्