समाज लघुवित्तको आईपीओ बिक्री खुला – Janadesh Daily | ePaper

समाज लघुवित्तको आईपीओ बिक्री खुला


काठमाण्डौ:

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (भदौ ४ गते) बाट रु. ८६ लाखबराबरको आईपीओ बिक्री खुला गरेको छ।
संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ८६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।

संस्थाले १ हजार कित्ता अर्थात जारी पुँजीको ५ प्रतिशत सेयर कर्मचारीका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ १८ गतेसम्म हुने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरु वा ‘मेरो सेयर’ बाट खरिद आवेदन दिन सक्नेछन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्