१८ प्रतिशतले बढ्यो सरकारको ऋण – Janadesh Daily | ePaper

१८ प्रतिशतले बढ्यो सरकारको ऋण


काठमाण्डौ:

गतवर्ष नेपाल सरकारले कूल ऋण १८ प्रतिशतले बढेर कूल १४ खर्ब १९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

२०७७ को असारसम्म नेपाल सरकारको कूल विदेशी ऋण ८ खर्ब ५ अर्ब ८२ करोड पुगेको छ। त्यस्तै आन्तरिक ऋण २७ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब ७३ करोड पुगेको छ।

२०७६ को साउनदेखि २०७७ को असारसम्म सरकारको कूल ऋण २ खर्ब २३ अर्ब ९६ करोड थप भएको हो। यसमा विदेशी ऋण ९१ अर्ब ७४ करोड थप भएको छ भने १ खर्ब ३२ अर्ब आन्तरिक ऋण थपिएको छ।

योसँगै नेपालको जिडीपी(कुल ग्राहस्थ उत्पादन) र ऋणको अनुतपा पनि ४०.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको तुलनामा यस्तो अनुपात ५.६५ प्रतिशत थियो। गएको वर्षका लागि ३४ खर्ब ६४ अर्ब ३१ करोड जिडीपी रहेको छ।

सरकारले गएको वर्ष कूल ऋण प्राप्ति भने ३ खर्ब ५७ अर्ब ४७ करोड गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्