३ सय २३ घरलाई निशुल्क टिन हस्तान्तरण – Janadesh Daily | ePaper

३ सय २३ घरलाई निशुल्क टिन हस्तान्तरण


चन्द्रप्रकाश नेपाली,

घोराही । घोराही उपमहानगरपालिकाले नगरलाई खरको छानो मुक्त बनाउने अभियान अन्तरगत ३ सय २३ घरलाई निशुल्क टिन वितरण गरेको छ ।

वडा नम्बर १६ लाई खरको छानो मुक्त गरि टिनको छानो युक्त बनाई सकेको घोराही उपमहानगरपालिकाले अबको दुई बर्ष भित्र नगरका सबै खरका छानामा टिन लगाउने योजना बनाएको हो ।

वितेको आर्थिक बर्षमा उपमहानगरले वडा नम्बर १ मा ७०, वडा नम्बर ४ मा एक सय १६, वडा नम्बर ७ मा ३७, वडा नम्बर १२ मा २५, वडा नम्बर १३ मा ३२, वडा नम्बर १७ मा २४ र वडा नम्बर १९ मा २० घर गरी ३ सय २३ घरलाई निशुल्क टिन उपलब्ध गराएको हो । टिन खरिदका लागि वडा र नगरको ५०/५० प्रतिशत बजेट खर्च भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्