चन्द्रप्रकाश नेपाली:
दाङ । दाङमा कोरोना संक्रमणको खतरा भारतबाट नेपाल आउने नेपाली नागरिकहरुबाटै बढि रहेको एक तथ्याङकले देखाएको छ ।
जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र दाङले दिएको जानकारी अनुसार जिल्लामा भेटिएका संक्रमित मध्ये ८७ प्रतिशत भारत बाट नेपाल आएका नागरिक रहेका छन् ।
जिल्लामा हालसम्म ७२१ जनामा संक्रमण पुष्टि भएकोमा ६२८ जना संक्रमित भारतबाट आएकाहरु रहेका हुन् । त्यस्तैगरी तेस्रो मुलुकबाट आएका नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रका अनुसार तिन महिनाको अवधीमा तेस्रो मुलुकबाट फर्किएका ६९८ जनामध्ये ३६ जनामा संक्रमण पुष्टि भएको छ ।