राष्ट्रिय झण्डा जलाउने समूहमाथि-‘राज्य बिरुद्धको मुद्दा’ – Janadesh Daily | ePaper

राष्ट्रिय झण्डा जलाउने समूहमाथि-‘राज्य बिरुद्धको मुद्दा’


जनादेश, काठमाडौँ :

राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको बताएकोछ ।

झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनीहरुमाथि मुलुकी अपराधसंहिता अन्तर्गको दुवै कसुरमा कारवाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट शान्तबहादुर योन्जनलाई नियन्त्रणमा लिएरपछि पक्राउ पर्नेहरुको संख्या १० पुगेकोछ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्