धनकुटाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

धनकुटाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि


जनादेश, धनकुटा ।

धनकुटाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सहिदभूमी गाउँपालिकामा कार्यरत एक ४५ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । १६ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । सो रिपोर्टमा एक स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ पुष्टि भएको हो ।

यसअघि पनि धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो । धनकुटामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्