चन्द समूहका दुई नेता पक्राउ – Janadesh Daily | ePaper

चन्द समूहका दुई नेता पक्राउ


सप्तरी ।

प्रतिबन्धित नेत्र विक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उहाँहरू विरुद्ध मुद्दा चलाएको छ । अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बन्नुभएकी चन्द समूहका पूर्वपोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो । नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्