गाउँजस्तै स्वच्छ र सुनसान भयो काठमाडौं – Janadesh Daily | ePaper

गाउँजस्तै स्वच्छ र सुनसान भयो काठमाडौं


जनादेश, काठमाडौं : 

विहीवारदेखि सुरु भएको निषेधाज्ञाले गत चैत ११ गतेदेखि करिब महिनासम्म गरिएको लकडाउनका बेला झैं काठमाडौं उपत्यका सुनसान गाउँ बनाएको छ । त्यतिबेला सरकारी अपिल बढी देखिए पनि हाल भने जनता आफै निकै त्रसित र सतर्क छन् । हरेक दिन सैंयौंको संख्यामा कोरोना संक्रमण संख्या थपिदै जानु र संक्रमितको मृत्यु पनि बढ्दै जानुले काठमाडौंवासीलाई निकै सजग र सचेत बनाएको छ ।

उपत्यकामा रहेका काठमाडौं, ललितपुर र भक्तपुर तिनवटै जिल्लाका जिल्ला प्रशासनले संयुक्त रुपमा बिहीबारदेखि निषेधाज्ञा लगाएकाले सिंगो उपत्यकाका सडक सुनसान छन् । अत्यावश्यक सेवाका गाडीबाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधिपसल तथा र खाद्यान्नबाहेक अन्य पसल पनि बन्द छन् । होटल तथा रेष्टुराँ व्यवसायीले होम प्याक सेवा मात्र उपलब्ध गराइरहेका छन् ।

यस अघि तीन महिनासम्मको निरन्तर लकडाउन बेहोरेका उपत्यकाबासीमा अहिले केही बढी आत्मसंयमता, नियन्त्रण र अनुशासन देखिएको छ । सबैजसो घरभित्रै बसेर आफ्नो र समग्र मानव जगतको सुस्वास्थ्य कामना गरेको देखिन्छ । यो सबै अलग अलग बसेर गरिएको सामुहिक सुस्वास्थ्यको कामना जस्तो देखिन्छ ।

यसपटक सरकारलाई जनताको सचेत साथ रहेको देखिन्छ । बाहिर फेर सडकमा आवश्यक सुरक्षाकर्मीको उपस्थिति देखिन्छ । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेमाथि पनि स्वास्थ्य सुरक्षा अनुसार सोधपूछ र सुझाब दिइएको देखिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्