तुलसीपुर उपमहानगरको बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा – Janadesh Daily | ePaper

तुलसीपुर उपमहानगरको बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा


दाङ। तुलसीपुर उपमहानगरपालिकाले निर्माण सुरु गरेको बहुउद्देश्यीय व्यापारिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले भवन निर्माण ७० प्रतिशत पूरा भएको बताउनुभयो ।

उहाँका अनुसार तोकिएको समयसीमाभित्रै भवनको निर्माण सम्पन्न हुनेगरी अहिले निर्माण कार्यले तीव्रता पाएको छ । हालसम्म सो भवनको ‘अण्डरग्राउण्ड’सहित छैटाँै तलाको ढलान सम्पन्न भइसकेको छ । अहिले सातौँ तला थप्ने र भित्री भागमा ‘फिनिसिङ’ भइरहेको इञ्जिनियर योगीले भन्नुभयो ।

बहुउद्देश्यीय भवन निर्माण तीन वर्षमा पूरा गर्ने समानान्तर–डायनामिक–नारायणम जेभीले भ्याटसहित रु १६ करोड ४३ लाखमा ठेक्का सम्झौता भएको थियो । कूल लागतमध्ये ७० प्रतिशत नगरविकास कोष र ३० प्रतिशत उपमहानगर बेहोर्ने सहमति भएको उपमहानगरपालिकाका सूचना अधिकृत  बाबुराम  आचार्यले जानकारी दिनुभयो । व्यापारिक भवनमा विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेन्ट सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्