परिवर्तनकारी आन्दोलनमा महिलाले खेलेको भूमिका प्रशंसनीय: मुख्यमन्त्री भट्ट – Janadesh Daily | ePaper

परिवर्तनकारी आन्दोलनमा महिलाले खेलेको भूमिका प्रशंसनीय: मुख्यमन्त्री भट्ट


जनादेश, कैलाली ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै यस पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण प्रदेशवासी दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामनासहित आपसी एकता र सद्भाव कायम रहोस् भनि शुभकामना व्यक्त गर्नु भएको हो ।

‘नेपालको सबै खाले परिवर्तनकारी आन्दोलनमा महिलाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्राप्त उपलब्धि प्रति गर्व गर्न तीज पर्वले प्रेरणा प्रदान गरोस् भनि शुभकामना गर्दछ’ु जारी सन्देशमा उल्लेख गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्