सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित ७७ वर्षका वृद्धको मृत्यु – Janadesh Daily | ePaper

सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित ७७ वर्षका वृद्धको मृत्यु


जनादेश, काठमाडौँ ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।

राजविराज सप्तरीका ७७ वर्षका वृद्धको आज विहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार साँझ अस्पताल भर्ना भएका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतकलाई उपचारका लागि राजविराजबाट श्रावण ३० गते काठमाडौं ल्याइएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्