घोराही मुर्कुटी सडकको पहिरो हटाउने क्रम जारी – Janadesh Daily | ePaper

घोराही मुर्कुटी सडकको पहिरो हटाउने क्रम जारी


चन्द्रप्रकाश नेपाली:

घोराही ।  घोराही मुर्कुटी सडक खण्डमा हिजो खसेको पहिरो हटाउने क्रम जारी छ । घोराही उपमहानगरपालिका ४ कुइने खोला नजिकै पहिरो खसेका कारण हिजो देखी सवारीका साधन ठप्प छन् ।

सडकमा ठुला ठूला ढुंगा खसेका कारण सडक खुलाउन समय लागेको वडा सदस्य भिमबहादुर कुँवर योगीले जानकारी दिनुभयो । सडक निर्माण कम्पनी जलजला निर्माण सेवाका स्काभेटरले पहिरो पन्छाउने काम गरिरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्