कोरोनाले प्रभाव पारेपनि अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री – Janadesh Daily | ePaper

कोरोनाले प्रभाव पारेपनि अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री


जनादेश काठमाण्डौ:

अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएको भएपनि आर्थिक परिसूचक राम्रो रहेको लबताएकाछन् ।

उहाँले प्रतिकूलताका बावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलरमा १ दशमलव ६ अर्ब भन्दा बढी रहेको र सरकारको सञ्चित खाता घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेकाले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको लेबताएकाछन् ।

विश्व बैकका उपाध्यक्ष हार्टबिग सेफरसँग आज भएको श्रव्य दृश्य (भर्चुअल )छलफलका क्रममा अर्थमन्त्री डा खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, विश्व बैंकले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्